दृष्टि
कमला सिंचाइ प्रणालीको समुचित विकास, प्रभावकारी उपयोग तथा दिगो व्यवस्थापनवाट देशको आर्थिक तथा सामाजिक समृद्वि हासिल गर्ने ।
लक्ष्य तथा ध्येय
- एकिकृत जलश्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलीत, स्थिर तथा दिगो आर्थिक विकास हाशिल गर्ने ।
- दिगो एवं भरपर्दो संरचनागत तथा गैर संरचनागत (जबचमधबचभ बलम कयातधबचभ) प्रविधि र जनचेतना अभिवृद्धि लगायतका कार्यहरु गरी कृषियोग्य जमिनमा सिंचाइ सेवा उपलब्ध गराइ आर्थिक सामाजिक हानि नोक्सानी न्यूनीकरण गर्ने ।
- सिंचाइ संरचनाहरुको उचित विकास, मर्मत संभार तथा व्यवस्थापन गरी कृषियोग्य भुमिमा बर्षै भरी दिगो एवं भरपर्दो सिंचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिवि निवारणमा टेवा पुर्याउने ।
कमला सिंचाइ व्यवस्थापन कार्यालयको मुख्य उद्देश्यहरू निम्न अनुसार रहेका छन् ः
- उपलव्ध जलस्रोतको समुचित उपयोग गर्न सिंचाइ गुरुयोजनाको मर्मलाई आत्मसात गर्दै सिंचाइ क्षेत्रको दिगो विकास एवं विस्तार गर्दै कृषि उत्पादकत्वको अभिवृद्धि गर्ने ।
- कृषि योग्य जमिनमा सिंचाइको विकास तथा विस्तार गरी वर्षैभरी भरपर्दो सिंचाइ सुविधा पुर्याउने ।
- सिंचाइ व्यवस्थापनका लागि निर्मित संरचनाहरूको समयमै उचित मर्मत संभार गरी दिगो र भरपर्दो बनाउने साथै प्रभावकारी जल व्यवस्थापन तथा आधुनिकीकरण गर्ने ।
- उपभोक्ताहरुको क्षमता विकास गरी सिंचाइ सेवालाइ दिगो, भरपर्दो र प्रभावकारी वनाउन सिंचाइ प्रणालीहरुको आंशिक वा पुर्ण रुपमा ब्यवस्थापन हस्तान्तरण गर्दै जाने ।
- सिंचाइ व्यवस्थापनका पुर्वाधार सम्बन्धी सूचना व्यवस्थापन प्रणालीको विकास तथा सुदृढीकरण गर्ने ।
- सिंचाइ विकास एवं व्यवस्थापन को लागि संस्थागत विकास , संगठनात्मक सुधार तथा यस क्षेत्रमा कार्यरत जनशक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।