NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व तृतीया - ३

नागरिक वडापत्र

नागरिक वडा-पत्र

कार्यालय अन्तर्गत योजना शाखा, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा एवंम संस्थागत विकास शाखा रहेका छन् ।

अन्तर्गत कार्यालय एवंम सहभागी संस्थाहरु ः यस कार्यालय अन्तर्गत दर्ता भएका विभिन्न जल उपभोक्ता संस्थाहरु ।

यस कार्यालयबाट प्रदान गरिने सेवाहरुको उद्देश्य

क) सिरहा तथा धनुषा जिल्लाका लगभग २५००० हेक्टर भन्दा बढी क्षेत्रफलको कृषियोग्य भूमिमा सतह सिंचाइ (नहर) मार्फत सिंचाइ सुविधा प्रदान गर्ने ।

ख) सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लाहरुमा डिप ट्यूबवेल निर्माण कार्य गरी कृषियोग्य भूमिमा भूमिगत सिंचाइ मार्फत सिंचाइ सुविधा प्रदान गर्ने ।

2.

सेवा प्रकार

क) सिंचाइ प्रणालीको मर्मत संभार एवंम व्यवस्थापन गरि सिंचाइको लागि पानी उपलब्ध गराउने ।

ख) कृषकहरुलाई सिंचाइ सम्बन्धि व्यवस्थापनको लागि व्यवस्थापन तालिम एवंम प्राविधिक परामर्श सेवा उपलब्ध गराउने ।

3.

सेवा प्रदान गरिने कार्यालयहरु र स्थान

सिरहा जिल्लाको १२५०० हे. र धनुषा जिल्लाको १२५०० हे. साथै हर्दिनाथ सिंचाइ प्रणालीमा २००० हे. गरी जम्मा २७००० हे. क्षेत्रफलमा सिंचाइ सुविधा एवंम परामर्श सेवा प्रदान गर्ने ।

4.

कार्यालयको स्त्तरका प्रचार

योजना स्त्तरमा स्थानिय निकाय एवंम उपभोक्ताहरुमा जानकारी गराउने ।

5.

सेवाको गुणस्तर

स्वीकृत नर्मस, जिल्ला दररेट एवंम स्पेशिफिकेशनमा तोकिए अनुसार ।

6.

सूचनासम्म पहुँच

व्यक्तिगत सम्पर्क सूचना पाटी÷समाजिक संजाल

7.

उजुरी गर्ने सरल तरिका

मौखिक, निवेदन दिएर ।

8.

गुनासो सुनवाइ र समाधान

गुनासोको आधारमा समाधानको यथासिघ्र पहल गरिने

9

सेवाग्राही समूहहरु

जल उपभोक्ता कृषकहरु

10.

सेवा उपलब्ध हुने प्रक्रिया

सेवाको अवधिक मागको तथ्य अनुसार सेवा उपलब्ध गराउने ।

11.

सम्बन्धित ऐन नियमहरु

जलस्रोत ऐन तथा नियमावली, सार्वजनिक खरिद ऐन तथा नियमावली, सिंचाइ नीति, सिंचाइ नियमावली, एवंम निजामती सेवा ऐन तथा नियमावली ।

12

सेवा वापत लाग्ने दस्तुर

रु. १० प्रति कट्ठा÷प्रति वर्ष ज.उ.स.को विधान अनुसार ।

13.

लाग्ने समय

नियम अनुसार लाग्ने ।

14.

सम्पर्क राख्नु पर्ने व्यक्ति

सम्बन्धित प्राविधिक÷ए.ओ. आदी ।

15.

उजुरी गुनासो सुन्ने व्यक्ति

सम्बन्धित साइट इन्जिनियर र प्राविधिक ।