वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व तृतीया - ३
सिंचाइ कृषिको मेरुदण्ड हो । आकाशे पानीको भरमा गरिने कृषि, मौसम अनुकुल हुँदा मात्र राम्रो हुन्छ । झन जलवायु परिवर्तनका कारण सिर्जित अनावृष्टि र अतिबृष्टिको सोझो असर कृषि क्षेत्रमा पर्दछ । कृषि विभागको एक अध्ययनका अनुसार सिंचाइ सुविधा नपुगेको जमिन भन्दा सिंचित जमिनमा ४ गुणा बढि अन्न उत्पादनको संभावना हुन्छ । यसको मतलव कृषि उत्पादन बढाउन सिंचाईको अत्यन्त ठूलो महत्व हुन्छ भन्न सकिन्छ ।
नेपालका ठूला र पुराना सिंचाइ आयोजना मध्ये कमला सिंचाइ आयोजना पनि एक हो । २०१७ साल कार्तिक २६ गते तत्कालिन सिंचाइ मन्त्री गणेशमान सिंहले सिलन्यास गरि यसको निर्माण सुरु भएको थियो । आन्तरिक श्रोतबाट निर्माण सुरु गरिएको तथा निर्माणताका विभिन्न राजनीतिक संकटमा मुलुक गुज्रिएकोले यसको निर्माण सम्पन्न हुन लामो समय लाग्यो । बिच-बिचमा निर्माण कार्य हुँदै रोकिँदै अधुरो अवस्था मै यस योजनाले द्दण्द्धण् साल देखि सिंचाइ सुविधा उपलब्ध गराउन थालेको हो । यस कार्यालयले पश्चिमी नहर प्रणाली मार्फत धनुषा जिल्लाको १२५०० हेक्टर (६ नगरपालिका र २ गाउँपालिका) हाल गणेशमान चारनाथ नगरपालिका, सवैला नगरपालिका, शहिदनगर नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, हँसपुर नगरपालिका र औरही गाउँपालिका, जनकनन्दनी गाउँपालिकाका स्थानीय निकायहरु र पूर्वी नहर प्रणाली मार्फत सिरहा जिल्लाको पनि १२५०० हेक्टर (५ नगरपालिका र ३ गाउँपालिका) कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, सुखिपुर नगरपालिका, विष्णुपुर गाँउपालिका र औरही गाँउपालिका गरी जम्मा २५००० हेक्टर खेती योग्य जग्गामा सिंचाइ सुविधा पु¥याउने उद्देश्य राखिएको छ ।
योजना प्रभावकारी रुपले संचालनमा ल्याउन नहर संजाल, सडक र भौतिक संरचनाहरुको आवश्यकता हुन्छ । यो योजना संचालनमा आउ“दा पश्चिमी मूल नहर, पूर्वी मूल नहर र केही शाखा नहरहरु अधुरो निर्माण भएको थियो । द्दण्ज्ञड साल देखि द्दण्द्दद्द साल सम्म भारतीय मिसनको सहयोगमा निर्मित पश्चिमी नहर प्रणालीको मूल तथा शाखा नहरमा पर्ने स्ट्रक्चरहरु द्धड वर्ष भन्दा पनि बढी पुराना भई सकेका छन । द्दण्द्दद्द साल देखी द्दण्घण् साल सम्म योजनाको निर्माण कार्य पूर्ण रुपमा बन्द भयो । तत् पश्चात २०३० सालबाट पूर्वी र पश्चिमी नहर प्रणालीहरुको सर्वेक्षण तथा निर्माण शुरु भई नेपाल सरकारको श्रोतमा केही संरचनाहरुकोे निर्माण भई द्दण्द्धण् सालबाट पानी संचालन हुन थालेको हो । पछि पूर्वी नहर प्रणालीको डण्ण्ण् हेक्टरमा सगरमाथा एकिकृत ग्रामिण विकास परियोजनाबाट कमाण्ड क्षेत्र विकासका कार्यहरू भएका थिए । द्दण्छद्ध साल सम्म योजना अधुरो अवस्थामा नै संचालन हुदै आएको थियो । योजनको अवस्था सुधार ल्याई जल उपभोक्ता संस्थालाई योजना हस्तान्तरण गर्दै लैजाने उद्देश्यले 2054-55 सालमा एशियाली विकास बैंकको ऋण सहयोगमा सिंचाई व्यवस्थापन हस्तान्तरण आयोजना (IMTP) लागु भयो । तर विभिन्न कारणबश सो आयोजनाबाट 17000 हेक्टर कमाण्ड क्षेत्रमा सुव्यवस्थित सिंचाई सुविधा पु¥याउन राखिएको उद्देश्य पुरा नहुदै 2058-59 मा ऋण सम्झौताको म्याद समाप्त भई निर्माण कार्य बन्द भयो ।
मिति २०६९-३-१ मा सिंचाइ विभागबाट बृहत सरकारी सिंचाइ पुनस्र्थापना आयोजनाको Appraisal report स्वीकृत भई योजना संचालनमा रहेको छ । आ.ब. २०७३-०७४ देखी समृद्ध तराई मधेश सिंचाइ विशेष कार्यक्रम संचालनमा आएका छन । आ.ब. २०७७-०७८ देखि समृद्ध तराई मधेश सिंचाइ विशेष कार्यक्रम अन्तर्गत सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लाहरुमा डिप ट्यूबवेल निर्माण, पम्प हाउस तथा स्टोरेज ट्यांक निर्माण, पम्प तथा एसेसरिज खरिद तथा जडान, बिधुतिकरण एसेसरिज ट्रान्सफर्मर खरिद तथा जडान र वितरण प्रणाली निर्माण कार्य गरी कृषियोग्य भूमिमा भूमिगत सिंचाइ मार्फत सिंचाइ सुविधा प्रदान भैरहेको थियो । आ.व. २०८१-८२ मा समृद्ध तराई मधेश सिंचाइ विशेष कार्यक्रम लाई तराई मधेश भूमिगत जल सिंचाइ कार्यक्रममा रुपान्तरण गरी सिन्धुली जिल्लामा डिप ट्यूबवेल सम्बन्धी कार्यहरु थप भएको छ ।
कमला नदीको बाँधको बर्तमान अवस्था
नदी किनारको दुवै तर्फ झण्डै १ किलोमिटर नदी नियन्त्रण बाँध बनाएर नदी साँघुरो बनाई ६ सय ५० मिटर लामो बाँध निर्माण गरिएको छ । बाँधका दुवै तर्फ नदीको नियन्त्रण गरी नहरमा पानी पठाउने ८-८ वटा अण्डर स्लुस गेटहरु छन् । त्यसको दुवै तर्फ हेड रेगुलेटरका ७-७ वटा ढोकाहरु रहेका छन् । ती ढोकाबाट प्रतिसेकेण्ड २००० लिटरका दरले १४ हजार लिटर पानी नहरमा खोल्ने काम गरिन्छ । पानी आवश्यक नपरेको अवस्थामा रेगुलेटर बन्द गरी पानीलाई नदीमा नै पठाउन सकिन्छ । करिव १५५० वर्ग किलोमिटर जलाधार क्षेत्रलाई समेटेर बग्ने कमला नदिका पूर्वि भागमा करिब १ हजार मिटर र पश्चिमी भागमा ७ सय ५० मिटर गाईड बण्डको निर्माण गरी खोलालाई साँघुरो बनाएर सिंचाईको लागि बाँधको निर्माण गरिएको छ ।
पानीको अवस्था
यस नदीमा वर्षायाममा समेत पर्याप्त मात्रामा पानी उपलब्ध हुन नसक्ने अवस्था रहेकोले कृषकहरुको माग अनुसार पानी पु¥याउन सकिएको छैन् । यसै कुरालाई सम्वोधन गर्न धेरै अगाडि देखि सुनकोशी कमला डाइभर्सन बहुदेश्यीय आयोजना कार्यान्वयनको चर्चा चले पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन् । उक्त परियोजना बन्ने हो भने आवश्यक मात्रामा पानीको पूर्ति सम्भव हुने मात्र होइन् ? मध्य तराईका ७÷८ जिल्लामा सिंचाईको सुविधा सम्भव हुन सक्छ । जसले मध्य तराईलाई अन्न भण्डारको रुपमा रुपान्तरण गर्न सक्छ ।
परिर्वतनको अवस्था
झण्डै ४ दशक अघि निर्मित नहरको अधिकांश नहर संरचना बिगे्रको÷भत्केको अवस्थामा छ । त्यस समयमा निर्मित ब्रिज अहिलेका प्रविधि अनुकुल छैनन् । बिगत समयमा गोरु तथा राँगाहरु पार गर्न बनाइएका त्यस्ता संरचनाहरु आजको बदलिदो परिबेश सुहाउँदो छैनन् । आजकल ट्याक्टर तथा ट्रेलरको सहयोगमा खेति गरिने तथा उत्पादीत अन्न र कृषि उपजको ढुवानी पनि ट्याक्टर, ट्रक तथा पिकअप भ्यान मार्फत नै गरिन्छ । मिति २०६९÷३÷१ मा सिंचाइ विभागबाट बृहत्त सरकारी सिंचाइ पूनस्र्थापना आयोजनाको ब्उउचबष्कब िचभउयचत स्वीकृत भई नहरहरुको पूनस्र्थापना कार्य संचालनमा रहेको छ ।